राजभक्त योङ्या, दमक। हामीले संसारको सुरक्षात्मक र कल्याणकारी कार्य गर्नुपर्छ,यसबाट जगतको हित मानव समाजका लागि भलाइ प्रकृतिलाई संरक्षण हुन्छ भने सृष्टिको सन्तुलन कायम राख्न मानव कृयाकलापको ठुलो भूमिका रहेको हुन्छ। यो लोकमा विश्व शान्ति तथा मानव एकताका निमित्त एक्यबद्ध हुनुपर्छ अनि मात्रै संसारको आयु वृद्धि हुन्छ। भौतिक र अध्यात्मिक दुबै तवरले व्यावहारिक उद्देश्य परिपूर्ति गर्नु उपयुक्त हुनेछ। भन्ने महागुरु फाल्गुनन्दको सन्देश पाइन्छ । "विश्व शान्ति र मानव एकता" किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङको हरेक प्रवचनमा नछुट्ने विषय हो। विश्व शान्ति र मानव एकताको विषयलाई किरात धर्मगुरुले विशेष महत्वका साथ उठाउदै आउनु भएको पाइन्छ । विश्वका करिब ६ करोड मानिसले प्रत्यक्ष ज्यान गुमाएको दोस्रो विश्वयुद्ध मानव इतिहासमै सबैभन्दा भयानक युद्ध थियो, यसको प्रभाव अहिलेसम्म विश्वले भोग्दै आएको छ । त्यसपछि भएका इराक इरान युद्ध, भारत पाकिस्तान युद्ध ,रूस युक्रेन युद्ध ,इजरायल र प्यालेस्टाइन युद्ध लगायत अमेरिकाले इराक अफगानिस्तान लगायत मुलुकमा गरेको आक्रमण बाट विश्वले ठुलो मानवीय र भौतिक क्षति बेहोर्नु परेको छ । मानव जातिमा "धर्ती मानिसहरुको मात्र हैन्, यहाँ रहेका हरेक जीव र प्रकृतिको पनि हो "भन्ने भावना विकास गरि विश्वभरका मानव जातिमा विश्व शान्ति तथा मानव एकताको भावना बिकास गर्ने उदेश्यले पाथिभरा " मुकम्लुङ" बाट सुरुभएको " विश्व शान्ति तथा मानव एकता " अभियान " राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा पुर्याने उदेश्य सहित कार्यक्रम अगाडी बढाइने भएको छ। यसै क्रममा २०८२ कार्तिक २९ शनिवार झापाको दमकमा शान्ति पदयात्रा आयोजना गरिएको कार्यक्रमका झापा संयोजक धनराज तामाङ "सन्दिप" ले जानकारी दिएका छन। दिउँसो ३ बजे दमकको गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि बाट सुरु हुने पदयात्रा दमक वसपार्क, हनुमान मन्दिर, फागुल्न्द चौक, भृकुटी चौक,देवकोटा चौक हुँदै पशुपती मन्दिर परिसरमा पुगेर समापन हुने बताइएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो