सुनसरीको भोक्राहा नरसिंहमा निःशुल्क बिमा कार्ड वितरण

Jantedhunga

सुनसरीको भोक्राहा नरसिंहमा निःशुल्क बिमा कार्ड वितरण

युगनन्दन मुखिया

सुनसरी । भोक्राहा नरसिंह गाउँपालिकाको आर्थिक वर्ष ०८९/  ८० मा ५ सय परिवारलाई निःःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने कार्यक्रम अनुसार २ सय परिवारलाई निःशुल्क बिमा कार्ड वितरण गरेको छ । 

संघीय सांसद तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा गाउँपालिकाको सभाहलमा सोमबार आयोजित कार्यक्रमबाट उक्त कार्ड वितरण गरिएको हो ।

चालु आर्थिक वर्षमा पनि असहाय, विपन्न, ज्येष्ठ नागरिक, गरिब, अपांग गरी १ हजार परिवारलाई निःशुल्क बीमा कार्यक्रम अन्तर्गत बिमा कार्ड उपलब्ध गराईने स्वास्थ्य बीमा संयोजक असफाक आलम अन्सारीले बताए ।  गाउँपालिका अध्यक्ष अजमल अख्तर मियाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रदेश सभासद हाजी इसराइल मन्सुरी, सदानन्द मण्डल, गाउँपालिका उपाध्यक्ष सुनिता कुमारी उराव, कार्यकारी प्रमुख सुवर्ण घिमिरे, वडा अध्यक्षलगायतको सहभागिता रहेको थियो ।  


Jantedhunga
प्रतिक्रिया