जन्तेढुंगा संवादाता
काठमाडौं । देश महँगीको मारमा परिरहेको बेला सरकारको पेट्रोलियम पदार्थबाट हुने खेलो अझै बन्द हुन सकेन । केही महिना अगाडि नाफा देखाएको नेपाल आयल निगमले त्यसपछि पनि पटक पटक पेट्रोलियम पदार्थको मूल्य घटाए झै गरेर ह्वात्रै बढाउने गरेको थियो । त्यसैको निरन्तरता दिँदै फेरी मूल्य बृद्धि गरेको छ । मूल्य समायोजनको नाममा देखिएको पेट्रोयिम पदार्थको उतारचढावले बजार भाउ ह्वात्तै बढेको छ । बजार अनुगमन समेत नहुँदा उपभोक्ताहरु मारमा परिरहेको बेला फेरी बढेको पेट्रोलियम पदार्थको मूल्यले प्रभावित तुल्याउने निश्चित देखिन्छ । प्राप्त जानकारी अनुसार नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ।
इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो