जन्तेढुंगा संवाददाता
इटहरी । इटहरीमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको निधन भएको छ । इटहरीको मुख्य चौकमा दिउँसो ३ बजे टिप्परले स्कुटरमा ठक्कर दिँदा घटनास्थलमै एक महिलाको मृत्यु भएपछिको अवस्था तनाव ग्रस्त बनेको छ । ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिला टिपरले ठक्कर दिदाँ तत्काल पहिचान नखुलेकी
महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । टिप्परले ब्याक गरेर महिलाको हत्या गरेको आरोप लगाउँदै स्थानीयबासी र प्रहरीबीच मुठभेड भएको हो । अहिलेको इटहरीको अवस्था सामान्य बनाउन अन्य स्थानबाट समेत सुरक्षाकर्मी झिकाइएको छ । अश्रुग्यासपछि भिड सामान्य कम भए पनि नाराबाजी चलिरहेकै छ् । घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ । दैनिक टिप्परले मानिसको ज्यान लिइरहेको भन्दै सामाजिक सञ्जालमा समत विरोध गर्दै राति मात्र टिप्पर सञ्चालन गर्ने कानुन ल्याउन आग्रह गरिरहेका छन् ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो