सिक्किम । भारतको सिक्किममा साम्प्रदायिक अशान्ति मच्चाउन खोजेको आरोपमा नेपाली भ्लगर खोटाङकी उमा चाम्लिङ राई पक्राउ परेकी छन।
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । आगामी २०२४ को चुनावलाई लक्षित गरेर राईले सिक्किम आएर यहाँका जनतामाझ साम्प्रदायिक हिंसा र आतङ्क मच्चाउन खोजेको आरोप लगाइएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार राईले केही दिनअघि सामाजिक सञ्जालमा सिक्किमका राई समुदायका नागरिकहरूलाई आफ्नो अधिकारका लागि उभिन आह्वान गर्दै भिडियो अपलोड गरेकी थिइन । सोही भिडियोको आधारमा शिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
उनीमाथि इन्डियन पेनल कोडको १५३ए, १५३–बी र ५०५ अन्तरगत मुद्दा दर्ता गरिएको छ । उनलाई थप पाँच दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो