कम्युनिष्ट समाजवादी पार्टी नेपालको घोषणा : संयोजकमा हरिकृष्ण गजुरेल

Jantedhunga

काठमाडौ । 'समाजवादी गणतन्त्र' र 'प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली' लाई राजनीतिक विकल्पको रूपमा अघि सार्दै  कम्युनिष्ट समाजवादी पार्टी नेपालको घोषणा गरिएको छ।             

शनिबार राजधानीमा आयोजित एक भेलामार्फत हरिकृष्ण गजुरेललाई संयोजक चयन गर्दै ५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो।                                    पार्टीले देशव्यापी 'राष्ट्रिय मुक्ति एकता अभियान' मार्फत  जनतासँग अन्तरक्रियाको माध्यमबाट शिक्षा, स्वास्थ्य, रोजगारी र जीवनयापनको सुनिश्चितता गर्न पहल गर्ने संयोजक गजुरेलले जानकारी बताए।

पार्टीले हाल संयोजक प्रणाली अपनाएको  र आगामी ६ महिनादेखि १ वर्षभित्र राष्ट्रिय सम्मेलन गरि अध्यक्ष वा महासचिव चयन गरिने भेलामा जानकारी दिइयो ।

गजुरेलले “संसदीय व्यवस्थाले अब मुलुकको स्थायित्व, सुशासन र समृद्धि सुनिश्चित नगर्ने भन्दै यो व्यवस्था दलाल, माफिया र भ्रष्ट संरचनालाई संरक्षण गर्ने माध्यममा सीमित भइसकेको  बताए।

पार्टीले देशभर ‘राष्ट्रिय मुक्ति एकता अभियान’  अन्तर्गत विभिन्न स्थानमा पुगेर अन्तरक्रिया, संवाद तथा जनचेतना कार्यक्रम आयोजना गर्ने भेलामा जानकारी दिइयो

Jantedhunga
प्रतिक्रिया