आजको राशिफल : २३ जेठ २०८० मंगलवार को राशिफल

Jantedhunga


मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - Aries

पुरानो मित्र सँग सम्बन्ध खराब हुन सक्छ ।खर्चलाई नियन्त्रण गर्ने प्रयास गर्नु होस ।कुनै कार्य गर्दा हतार नगर्नु होस ।पारिवारिक शान्तिको लागी हनुमान अष्टका पाठ गर्नु शुभ हुनेछ ।शुभ अकं ४

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) - Taurus

अचानक धनलाभ हुन सक्छ ।परिवारको साथ रमाइलो समय व्यतित हुनेछ ।रोकिएको कार्य पुरा हुनेछरातो वस्त्र पहिरहनु शुभ हुनेछ ।शुभ अकं ४

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) - Gemini

सामजिक कार्यमा सहभागिता रहनेछ ।ख्याती बढ्ला ।लगानी गर्नको लागी शुभ समय छ ।बृद्दा आश्रममा खाना खुवाउनु शुभ हुनेछ ।शुभ अकं ३

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

स्वास्थ्य स्थिती राम्रो रहनेछ ।आम्दानि बढ्नेछ ।सहक्रमी को सहयोगले काममा सफलता प्राप्त होला ।शुभ अकं ८

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

मानसिक स्वास्थ्यको ख्याल राख्नु होला ।आध्यात्मिकमार्ग समस्या दुर गर्न सहयोगी बन्नेछ ।आज शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ भने नोक्सान हुन सक्छ ।शुभ अकं ७

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) - Virgo

परिवारसँग समय बिताउदा खुशी प्राप्त हुनेछ ।आर्थिक अभाबका कारण चिन्ता पर्ने देखिन्छ ।नयाँ कार्य गर्दै हुनुहुन्छ भने साबधानी अपनाउनु होला ।प्रेमि-प्रेमिकाबिच दुरी बढ्ने छ ।शुभ अकं ५

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

बनिसकेको काम बिग्रन सक्ला ।आर्थिक हानिको सम्भावना देखिन्छ ।नयाँ योजना बनाउदा संयमता अपानाउनु होला ।शुभ अकं ७

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) - Scorpio

शारिरिक ब्यायम र कसरतका कारण व्यक्तित्व सुन्दर देखिनेछ ।दिर्घकालीन लगानी गर्दा फाइदा मिल्नेछ ।कसैसङ्ग बिवाद हुन सक्छ्,समझाधारिमा आउनुहोला ।शुभ अकं ९

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) - Sagittarius

अरुको आलोचना गरेर समय खर्च नगर्नुहोला ।आर्थिक सुधारको योग बनेको छ ।पुरानो मित्रको याद आउने छ ।कार्यक्षेत्रमा तपाईंको सकारात्मक परिवर्तन देखिने छ ।शुभ अकं ६

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) - Capricorn

जिम्मेवारी बढ्ने छ ।पुरानो लगानिबाट धन प्राप्त होला, कुनै कार्यक्रममा निमंत्रणा आउन सक्छ ।सामजिक दुरी कायम गर्नु होला ।शुभ अकं ४

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) - Aquarius

आज तपाईंको स्वास्थ्य स्थिती मजबुत रहनेछ ।मित्रहरुसँग भेटघाटको कार्यक्रम बन्नेछ ।भाइबहिनी प्रती प्रेम बढ्ला ।कार्यक्षेत्रमा कुशलता प्रस्तुत गर्नु हुनेछ ।शुभ अकं ४

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) - Pisces

पुरानो ॠण चुक्ता हुनेछ ।महत्वपूर्णकाम नपरी घर बाहिर नजानु होला ।मनमा चिन्ता पर्ला ।शुभ अकं ७


Jantedhunga
प्रतिक्रिया