अधिवक्ता भगवती पाण्डे ‘शीतल’ माथि अनुसन्धान गर्न उनलाई प्रहरी हिरासतमा राख्न नपर्ने

Jantedhunga

काठमाडौं जिल्ला अदालतले अधिवक्ता भगवती पाण्डे ‘शीतल’ माथि अनुसन्धान गर्न उनलाई प्रहरी हिरासतमा राख्न नपर्ने भनेको छ।

जातीय विभेदसम्बन्धी कसुरमा बुधबार पक्राउ परेकी पाण्डेलाई हिजै म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो।

तर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै अदालतले म्याद थप नगरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) कुमुध ढुंगेलले जानकारी दिए।

‘आरोपीले आफ्नो अभिव्यक्तिबारे माफी मागिसकेको र प्रमाण नष्ट गर्न सक्ने खतरा पनि नभएका कारण देखाउँदै अदालतबाट म्याद थप भएन,’ एसपी ढुंगेलले भने।

Jantedhunga
प्रतिक्रिया