सिफारिस भएका मध्ये ३४ जनालाई आममाफी सम्बन्धमा स्पष्ट गर्न पठायो राष्ट्रपति कार्यालयको गृहलाई पत्र ?

Jantedhunga

जन्तेढुंगा संवाददाता

काठमाडौं। राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई  आममाफी दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई भनेको छ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार गत शुक्रबार गृहलाई ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन भनेको हो।

गृह मन्त्रालयले संविधान दिवस असोज ३ गते को अवसरमा ३४ जनालाई माफी मिनाहाका लागि राष्ट्रपति कार्यालयमा सिधै सिफारिस गरेको गरेपछि राष्ट्रपति कार्यालयले स्पष्ट आधार खोजेको हो।

माफी मिनाहाका लागि प्रस्ताव गरिएका ३४ जनाकै व्यक्तिगत विवरण पनि राष्ट्रपति कार्यालयले मागेको छ।

कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाका लागि सिफारिस गरिएको भन्दै राष्ट्रपति कार्यालयले त्यसको स्पष्ट आधार माग गरेको जनाएको छ।गृह मन्त्रालयले पाँच दिनअघि राष्ट्रपतिसमक्ष प्रस्ताव पेस गरेको थियो।गृहको उक्त प्रस्तावपछि राष्ट्रपति कार्यालयले स्पष्ट हुन भनेको हो। गृहको प्रस्तावमा अधिकांश ज्यानमुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्तिहरू छन्।

Jantedhunga
प्रतिक्रिया