प्रतिरक्षा बहस गरेका अधिवक्ताहरूविरुद्ध नाराबाजी गर्ने विद्यार्थी नेताहरू पक्राउ

Jantedhunga

जन्तेढुंगा संवाददाता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायतको पक्षमा प्रतिरक्षा बहस गरेका अधिवक्ताहरूविरुद्ध नाराबाजी गर्ने विद्यार्थी नेताहरू पक्राउ परेका छन् ।

नेत्रविक्रम चन्द्र ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का १३ नेताहरू पक्राउ परेका छन् । प्रकरणका आरोपितहरूको प्रतिरक्ष बहस चलिरहेको जिल्ला अदालत, काठमाडौं परिसरमा नाराबाजी गर्दै पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उ गर्ने क्रममा विद्यार्थी नेताहरू र प्रहरीबीच सामान्य झडपसमेत भएको छ । उनीहरूले जघन्य अपराध गरेको आरोप लागेकाको पक्षमा अधिवक्ताहरूले बहस गर्न नहुने भन्दै नाराबाजी गरेका छन् । प्रकरणका आरोपितहरूको पक्षमा पूर्वमहान्यायाधिवक्ता, बारका अध्यक्ष तथा न्यायाधीशहरूले बहस गरिरहेका छन् ।

Jantedhunga
प्रतिक्रिया