वीरगंज । वीरगंजस्थित परवानीपुर बाइपासमा शुक्रबार राति ९ बजे फोरक्लिप र मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार युवकको ज्यान गएको छ।
प्रदेश २–०३–०२३ प ७१ नम्बरको पल्सर मोटरसाइकल माल लोड गर्ने फोरक्लिपसँग ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए। गम्भीर घाइते मोटरसाइकल चालकलाई तत्काल वीरगंज गण्डकस्थित वीरगंज हेल्थकेयर अस्पताल लगिएको थियो। तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतक युवकको शव अस्पतालमै राखिएको छ। प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको जनाएको छ ।
Jantedhunga
saturday 10 jan 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो