२० भदौ काठमाडौ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री एवं पूर्व मन्त्री महेन्द्र यादव माथि सांघातिक हमला भएको छ ।
भदौ २० गते बुधबार दिउँसो भृकुटीमण्डप स्थित रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा सहभागी भएर बाहिर निस्कने क्रममा एक्कासि उहाँ माथि खुकुरी प्रहार भएको थियो ।
घटना लगत्तै काठमाडौ प्रहरी परिसरका एसपी सुबोध ढुंगेलका अनुसार घाइते यादवलाई ट्रमा सेन्टरमा उपचारका निम्ति लगिएको थाहा हुन आएको छ ।
घाइते अवस्थामा रहनु भएका नेता यादवलाई टाउकोमा चोट लागेको अस्पताल स्रोतले जनाएको छ ।
यस घटना संगै नुवाकोट घर भएका श्याम बाबु सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै भन्दा ठूलो दलका शिर्ष नेता काङ्ग्रेस सहमहामन्त्री यादव माथि के कति कारणले यो घटना भएको हो भन्ने कुरा प्रहरी अनुसन्धान भइरहेको कारण अहिले सम्म खुल्न सकेको छैन ।
Jantedhunga
wednesday 06 sep 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो