काठमाडौ ।भारतको ओडिसामा स्नातक तह अध्ययन गर्दै गरेकी भैरहवाकी २१ वर्षीय प्रकृति लम्सालको रहस्यमय मृत्यु र न्यायको लागी आवाज उठाएका नेपाली विद्यार्थी माथिको दमन र दुर्व्यवहारको विरोधमा नेविसंघ सडकमा उत्रिएको छ।
नेविसंघ त्रिचन्द्र क्याम्पस इकाईले प्रदर्शन गर्दै नेपाल भारत सम्बन्धको आयमनै खलबलिने गरी क्याम्पस प्रशासन र भारतीय सरकारले गरेको त्रुटिपूर्ण हर्कत यथासिघ्र कुटनीतिक पहल बाट समाधान गर्न माग गर्दै आन्दोलन गरिएको त्रिचन्द्र कलेजका नेविसंघ नेता सतिश यादवले बताए ।
ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बीटेक तेस्रो वर्ष अध्ययनरत प्रकृति आइतबार साँझ विश्वविद्यालयको होस्टलमा शंकास्पद अवस्थामा मृत भेटिएकी थिइन् ।
Jantedhunga
tuesday 18 feb 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो