संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

Jantedhunga

काठमाडौं, १५ माघ । संघीय संसदका दुइ वटा समितिको बैठक बस्दैछ । 

संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन् । 

जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिले मधेस, सुदुरपश्चिम, लुम्बिन प्रदेशका हिरासतमा रहेका कैदीबन्दीका बारेमा स्थलगत अध्ययनका बारेमा छलफल गर्नेछ । जुन बैठक बिहान ८ः०० बजे देखि सुरू हुनेछ ।

उता, विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै एजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गरिनेछ । जुन बैठक दिउँसो ३ः३० बजेबाट सुरू हुनेछ ।

Jantedhunga
प्रतिक्रिया