सुनको मुल्यमा सामान्य गिरावट

Jantedhunga

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक लाख ६२ हजार ६ सय रूपैयाँमा  कारोबार भएको छापावाला सुन आज तोलामा ४ सय  रूपैयाँले  घटेर एक लाख ६२ हजार २ सय रूपैयाँमा  कारोबार भइरहेको छ । 

यस्तै, चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला रु १ हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Jantedhunga
प्रतिक्रिया