कैलालीमा बलात्कार आरोपित पक्राउ

Jantedhunga

धनगढीः कैलालीमा बलात्कार आरोपित  एक  पक्राउ परेका छन्।

२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको लम्की चुहा नगरपालिका-८ सोनपुर बस्ने ३० वर्षीय कासिम अलि जागालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। कासिम अलि जागाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।                   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Jantedhunga
प्रतिक्रिया