जन्तेढुंगा संवाददाता
काठामाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको बैठकमा पार्टीको प्रदेश संरचना खारेज गर्न माग गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले अधिकार नदिने भए पार्टीको प्रदेश संरचना खारेज गर्न माग गरेका हुन ।
बैठकमा शनिबार धाराणा राख्दै अध्यक्ष नेम्वाङले प्रदेशभित्रका कुनैपनि निर्णय प्रक्रियामा प्रदेश समितिलाई सहभागी नगराइएको भन्दै आपत्ती प्रकट गरेका हुन् ।
प्रदेश किमिटिको निर्णय केन्द्रले कार्यान्वयन नगर्ने र प्रदेश सरकार निर्माण तथा विघटनको निर्णयमा प्रदेशको सुझाब पनि सुनुवाई नहुने भए प्रदेश समितिको औचित्य नरहेको उनको भनाइ छ । ‘प्रदेश कमिटीले सिफारिस गरेका निर्णयहरु पनि केन्द्रले कार्यान्वयन नगरेकाले प्रदेश संरचनाको ओैचित्य पुष्टि हुन सकेको छैन’, उनले भने, ‘मन्त्रिमण्डल गठन, विघठन, प्रदेश सरकार निर्माणलगायत बिषयमा मात्र होइन, प्रदेशबाट केन्द्रीय समितिमा थप गरिने नामबारे पनि प्रदेश कमिटीलाई जानकारी नहुने भएपछि पार्टीको प्रदेश कमिटीको के काम ?’
प्रदेशलाई काम गर्ने स्वायत्तता र अधिकार दिने खारेज गर्न नेम्बाङले प्रस्ताव गरे । उनले प्रदेशको नामकरण, बजेट आउनु एक साता अगाडि सरकारबाट फिर्ता हुने निर्णय र सरकार निर्माणमा सभामुखको हस्तक्षर प्रयोग गर्ने काम किन भयो भन्ने प्रश्न पनि गरेका छन् ।
प्रदेशमा अहिलेसम्म भएका घटनाबारे छलफल तथा समिक्षा गर्नुपर्ने माग गर्दै उनले मध्यावधि चुनावको खतरा रहेकोले यसबारे पार्टीको धारणा जरूरी रहेको बताए । कम्युनिष्ट पार्टीहरूबीच पुनःएकता हुनुपर्नेमा जोड दिँदै नेम्बाङले महाधिवशेनमा पास भएको योजना अगाडि बढाएर २०८४ को निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो