कपिलवस्तुमा नेपाली र भारतीय मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

Jantedhunga

बुटवल । कपिलवस्तुमा नेपाली र भारतीय दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ वाणगंगा नगरपालिका-११ स्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको सैनामैना-४ बस्ने वर्ष २७ को रोमन थारु र यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली रहेका छन् । 

सोही दुर्घटनामा घाइते भएका २६ वर्षीय अजय थारुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Jantedhunga
प्रतिक्रिया